+
+

ओलीलाई प्रचण्डको जवाफ : मलाई ऋण तिनुपर्ने थियो, तिर्नुभयो !

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ६ गते १७:३३

६ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री बनाइदिनुपर्‍यो भनेर बालकोट नगएको बताएका छन् । बरु एमाले नेताहरुले अनेक गरेर बोलाएको र आफू पनि जानुपर्ने परिस्थिति बनेको उनले सुनाए ।

विश्वासको मत लिने प्रधानमन्त्रीको प्रस्तावमाथि सोमबार भएको छलफलमा एमाले उपाध्यक्ष विष्णु पौडेलले फेरि पुरानै गठबन्धनमा फर्किनु थियो भने प्रधानमन्त्री बन्न किन एमालेतिर आएको भनेर प्रश्न गरेका थिए । जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले आफू प्रधानमन्त्री बनाइदिनुपर्‍यो भनेर नगएको बताए ।

उनले भने, ‘म यतै बल गर्दै थिएँ, यही नेचलर छ भन्दै थिएँ । तपाईंहरुले अनेक गरेर बोलाउनुभयो । बाइ द वे म जानुपर्ने परिस्थिति बन्यो, म गएँ ।’

आफूलाई प्रधानमन्त्री बनाएकामा एमाले अध्यक्ष केपी ओलीलाई आभार भनेको पनि उनले सुनाए । आफूले पनि ओलीलाई दुई पटक प्रधानमन्त्री बनाएको भन्दै प्रचण्डले अगाडि भने, ‘तपाईँले मलाई ऋण तिनुपर्ने थियो, तिर्नुभयो ।’

‘एउटा त तिर्नुभयो, एउटा बाँकी छ । हिसाब राख्नुहोला’ प्रचण्डले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?