+
+

यो हो अमेरिकाको ट्वाइलेट रेष्टुरेन्ट (फोटोफिचर सहित)

अनलाइनखबर अनलाइनखबर
२०७० असोज ३१ गते १२:३१

रेष्टुरेन्टमा ट्वाइलेट हुनु नौलो कुरा भएन, तर के ट्वाइलेटमा रेष्टुरेन्ट हुनसक्छ ? छि ! खानपिन गर्ने रेष्टुरेन्ट पनि के चर्पीमा हुन्छ होला त, कस्तो घिनलाग्दो कुरा ? भन्नुहोला तपाइँले । हामीकहाँ सरसफाइ नगरेर फोहोर बढि भएको होटेललाई ट्वाइलेट जस्तो होटेल भनिएला । तर अमेरिकामा भने साँच्चीकै ट्वाइलेट होटल नै खुलेको छ ।

to2

अमेरिकाको लस एन्जल्समा एक ट्वाइलेट रेष्टुरेन्ट संचालनमा आएको छ । म्याजिक रेष्टरुम क्याफे नामको उक्त रेष्टुरेन्ट अमेरिकाको पहिलो शौचालय रेष्टुरेन्ट हो । उक्त रेष्टुरेन्टका सबै चिजबिज तथा खानेकुरा शौचालयकै अवधारणामा आधारित छन् । तर त्यो साँच्चीकै शौचालय भने होइन अर्थात् त्यहाँ दिसापिसाब भने गरिँदैन र दिशा गर्ने भाँडोमा बस्ने र खाने गरिन्छ ।

to1

अझ रोचक कुरा त के भने त्यहाँका खानाका परिकारका नाम पनि घिनलाग्दा अर्थात् दिसा पिसाबकै प्रकार छन् । सुनौलो लिँडे भात, कालो लिँड, गन्हाउने लिँड, दुइ नम्बरको रगते जस्ता नाम दिइएको छ खानेकुरालाई । त्यहाँ खानेकुरा पनि ट्वाइलेटमै प्रयोग हुने भाँडोमा पस्किइन्छ र कमोटमाथि बसेर खानुर्छ ।

to4

चिनीया व्यवसायी यो यो ली ले उक्त शौचालय रेष्टुरेन्ट खोलेका हुन् । त्यस्तै ट्वाइलेट रेष्टुरेन्टले चीन र ताइबानमा निकै लोकप्रियता कमाएपछि उनले अमेरिकामा पनि खोलेका हुन् । लस एन्जल्सको यो ट्वाइलेट रेष्टुरेन्ट अक्टोबर ११ का दिनदेखि विधिवत रुपमा संचालनमा आएको छ तर यसको औपचारिक विशेष उद्घाटन यो महिनाको अन्त्यतिर हुने बताइएको छ ।

tol3

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?