
८ चैत, वीरगञ्ज। पर्सामा चितुवाको आक्रमणबाट २ जना घाइते भएका छन् ।
जंगलबाट बस्ती पसेको चितुवाको आक्रमणबाट पोखरिया-४ सतवरिया बस्ने हरिन्द्र साह तेली र ईलाका प्रहरी कार्यालय पोखरियामा कार्यरत प्रहरी सहायक प्रहरी हवल्दार सुचिन्द्र प्रसाद यादव घाइते भएका हुन् ।
उनीहरुको टाउको, हात, निधार, लगायत शरीरका विभिन्न भागमा चोट लागेको छ । चितवालाई हेर्न गएका वडा नम्बर ४ का दिल महम्मद मियाँ लडेर सामान्य घाइते भएका थिए ।
वस्तुभाउ नभएको गोठमा चितवा पसेपछि स्थानीयले हो-हल्ला गरेका थिए । सोही क्रममा चितुवाले स्थानीयलाई समेत आक्रमण गरेको थियो । चितुवालाई नियन्त्रणमा लिन खोज्दा प्रहरी सहायक हवल्दारलाई कोपरेको स्थानीयले बताएका छन् ।
पोखरिया अस्पतालमा उपचारपछि हात्तीको आक्रमणबाट घाइते भएका दुवै जना फर्किएका छन् । दिल महम्मद भने वीरगञ्जमा गएर उपचार गरेर फर्केको ईलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ ।
चितुवा अझै पनि गाँउमै लुकेर बसेको छ। डिभिजन वन कार्यलय पर्साको टोलीले नियन्त्रणमा लिन खोज्दा नसकेपछि चितवन राष्ट्रिय निकुञ्जबाट प्राविधिक टोली बोलाइएको छ ।
चितवनबाट आएको प्राविधिक टोलीले चितवा नियन्त्रणमा लिने प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।
प्रतिक्रिया 4