+

एन्सेलोटी ब्राजिलको मुख्य प्रशिक्षक बन्न योग्य छन् : गोलरक्षक एडरसन

२०७९ चैत  ९ गते १८:४१ २०७९ चैत ९ गते १८:४१
एन्सेलोटी ब्राजिलको मुख्य प्रशिक्षक बन्न योग्य छन् : गोलरक्षक एडरसन

९ चैत्र, काठमाडौं । म्यानचेस्टर सिटीका गोलरक्षक एडरसनले कार्लो एन्सेलोटी ब्राजिलको मुख्य प्रशिक्षक बन्न सक्ने सम्भावनाबारे चर्चा गरेका छन् ।

एक पत्रकार सम्मेलनमा एडरसनले भनेका छन्, ‘मैले भिनिसियस जुनियर, कासिमेरोसँग नयाँ प्रशिक्षकको बारेमा कुरा गरेको थिएँ । उनीहरु नयाँ प्रशिक्षकको रुपमा एन्सेलोटीलाई हेर्न मन पराउँछन् । त्यसका लागि हामीले रियल मड्रिडलाई हराउनुपर्छ ।’

हाल रियल मड्रिडको जिम्मेबारीमा रहेका इटालियन एन्सेलोटी पाँचपल्टको विश्व विजेता ब्राजिलको प्रशिक्षक बन्न योग्य रहेको एडरसनको तर्क छ ।

‘उनी एक सफल प्रशिक्षक हुन् । उनी यहाँ आउने/नआउने हामीले छिट्टै थाहा पाउनेछौं ।’ उनले भने ।

एडरसन कार्लो एन्सेलोटी ब्राजिल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय