
९ चैत, धनगढी । सुदूूरपश्चिम प्रदेशका पाँच कर्मचारी संगठनले मुख्यमन्त्री कमलबहादुर शाहलाई संयुक्त ज्ञापनपत्र बुझाएका छन् ।
प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा बनेको ऐन यथावत कार्यान्वयन भए प्रदेशमा समायोजन भएका र समायोजनपछि नियुक्त कर्मचारीहरुको वृत्ति विकासमा गम्भीर असर पर्ने भन्दै मुख्यमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।
अगामी चैत्र मसान्तभित्र प्रदेश निजामती ऐनको संशोधन तथा निमावलीको तर्जुमा र स्थानीय सेवा ऐन र नियमावलीको तर्जुमा गरेर प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीको अवरुद्ध भएको वृत्ति विकासको समस्या समाधान गर्न २१ बुँदे मागसहितको ज्ञापन पत्र बुझाइएको हो ।
नेपाल निजामती कर्मचारी युनियनका प्रदेश अध्यक्ष धर्मराज देउवा, निजामती कर्मचारी संगठनका प्रदेश अध्यक्ष कृष्णबहादुर शाही, नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती चन्द्रप्रसाद जैशीसहितका विभिन्न राजनीतिक दल सम्बद्ध संगठनले संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका हुन् ।
प्रतिक्रिया 4