
१० चैत, काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको प्रतितोला मूल्य १ लाख ९ हजार ८ सय र तेजावी सुनको मूल्य १ लाख ८ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ ।
बिहीबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख ९ हजार र तेजावी सुनको मूल्य १ लाख ८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
शुक्रबार चाँदीको कारोबार बिहीबार कै मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदीको प्रतितोला मूल्य १ हजार ३ सय ८० रुपैयाँ तोकिएके छ ।
गत ५ चैतमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । सो दिन छापावाल सुनको प्रतितोला मूल्य एक लाख १० हजार ३३ र तेजावी सुनको मूल्य एक लाख ९ हजार ५ सय रुपैयाँ तोकिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4