
१० चैत, विराटनगर । माओवादी केन्द्रले कोशी प्रदेश सरकार तत्काल नछाड्ने भएको छ । माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा तत्काल सरकार नछाड्ने बताएका हुन् ।
नेकपा माओवादी केन्द्रले एमालेले नेतृत्व गरेकको गण्डकी प्रदेश सरकार छाडिसकेको छ । लुम्बिनीमा पनि हालसम्म छाडेको छैन ।
नेता आङ्बो भने कोशी प्रदेशको अवस्था अन्य प्रदेशको भन्दा फरक रहेकाले तत्काल सरकार नछाड्ने बताउँछन् । उनले प्रदेशमा नयाँ सत्ता समीकरणका विषयमा केन्द्रबाट निर्देशन पनि नआएको बताए । ‘प्रदेशमा अहिले माओवादीले समर्थन गरेको सरकार छ,’ उनले भने, ‘नयाँ समीकरणका विषयमा केन्द्रबाट निर्देशन आएको छैन ।’ सभामुखले राजीनामा दिने र मध्यावधि निर्वाचन हुने अवस्था नरहेको उनले बताए ।
९३ सदस्यीय प्रदेशसभामा सबैभन्दा ठूलो दल नेकपा एमालेको ४०, कांग्रेसको २९, माओवादीको १३, राप्रपाको ६, एकीकृत समाजवादीको ४ र जसपाको १ सिट रहेको छ । प्रदेशसभामा बहुमत पुर्याउनका लागि ४७ जना सांसदको समर्थन आवश्यक पर्छ ।
प्रतिक्रिया 4