
११ चैत, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वको सरकारले युवा र खेलाडीहरूलाई बढी महत्व दिएको बताएका छन् ।
शनिबार भरतपुरमा नेपाल कराते महासंघको ७ औँ प्रशिक्षक प्रशिक्षण तथा मास्टर्स् मिट्स् प्रतियोगिताको समारोहलाई बालुवाटारबाट भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्रीले खेलाडीलाई हौसला बढाउनेदेखि प्रतियोगितामा विजयी खेलाडीहरूलाई पुरस्कृत गर्ने गरेको बताए ।
उनले अहिलेको सरकार युवाहरुको भविष्य निर्माणमा प्रतिबद्ध र इमान्दार रहेको पनि प्रधानमन्त्री प्रचण्डले बताए ।
खेल क्षेत्रमा लगानी वृद्धि गर्ने, खेलाडीहरूको आत्मस्वाभिमान, प्रोत्साहन, पुरस्कारका साथै वृत्तिविकासमा थप योगदान गर्ने उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4