
१२ चैत, काठमाडौं । नेस्डो समृद्धि लघुवित्त वित्तीय संस्थाले ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ९ चैतमा बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले सेयरधनीलाई हाल कायम चुक्ता पूँजी २५ करोड २५ लाखको ५० प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि समेत २३.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
लघुवित्तको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4