
१४ चैत, काठमाडौं । एकीकृत समाजवादीले कम्तिमा ३ मन्त्रालय पाउनुपर्ने दाबी गरेको छ । मंगलबार बसेको सचिवालय बैठकमा सरकारमा सहभागिताबारे छलफल भएको थियो । बैठकमा नेताहरुले बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको छलफलबारे जानकारी गराएका थिए ।
बैठकपछि उपमहासचिव जगन्नाथ खतिवडाले सिट बाँडफाँट टुंगो लागिनसकेकाले मन्त्रीहरुको नाम टुंगो नलागेको बताए । ‘जति चाँडो नाम माग्नुहुन्छ, त्यति चाँडो बैठक बसेर नामहरु दिने छौं’, उनले भने, कम्तिमा ३ पाउनुपर्यो भन्ने हाम्रो दाबी छ, मन्त्रालयको टुंगो लागेको केही घण्टामा नाम दिन्छौं ।’
बैठकले केदार न्यौपाने र चुडामणि जंगलीले दिएको राजीनामा स्वीकृत गरेको छ ।
एकीकृत समाजवादीले मिटरब्याजीविरुद्ध काठमाडौंमा भइरहेको आन्दोलनप्रति समर्थन जनाएको छ र उनीहरुको माग तत्काल पूरा गर्न माग गरेको छ ।
‘धेरै लामो समय हिँडेर, दुःख गरेको काठमाडौं आइपुगेका छन । उनीहरु सडकमा छन् । हामी, हाम्रो पार्टी उनीहरुको आन्दोलनप्रति ऐक्यवद्धता व्यक्त गर्दछ । हामी उहाँहरुको मागलाई पूरा गर्न सरकारसँग जोडदार माग पनि गर्दछौं’ प्रचार विभाग प्रमुख खतिवडाले भने ।
प्रतिक्रिया 4