
२२ वैशाख, काठमाडौँ। गायक राजेश राई र गायिका मेलिना राईको स्वर रहेको ‘बनमारा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
दुर्लभ जन्तरेको शब्द, शंकर थापा स्माइलको संगीत, उदय राज पौडेलको एरेन्ज तथा अशोक मर्हजनको मिक्सिङ तथा मास्टरिङ रहेको गीतको भिडियो डान्सिङ शैलीमा तयार पारिएको छ ।
भिडियोमा हाँस्यकलाकार सुलेमान शंकर (इकु), भिमफेदी गाइज र स्मारिका ढकालको अभिनय रहेको छ ।
मायालुलाई फकाउन प्रेमीले देखाउने अनेक आशालाई निर्देशक निर्मल कुमार लामाले कलात्मक शैलीमा भिडियोमा देखाएका छन् ।
भिडियोको छायांकन, सम्पादन र कलरिङ पवन सुसलिङले गरेका हुन् । गायक राजेशले यसअघि पिर लाग्छ, ताडियो तोडियो, जिउन गाह्रो लगायतका गीतहरु बजारमा ल्याईसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4