+
+

रंगेलीबाट २३४ किलो गाँजा बरामद, चार भारतीयसहित ५ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १५ गते १३:३१

१५ चैत, विराटनगर । मोरङको रंगेलीबाट प्रहरीले २३४ केजी गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चार जना भारतीय छन् ।

मंगलबार प्रहरी  टोलीले  रङ्गेली नगरपालिका-२ चेका खोलास्थित गहुँबारीबाट दुई भारतीय नागरिकलाई १५० किलो गाँजासहित पक्राउ गरेको थियो । चेकजाँचका क्रममा भारत अररियाका २९ वर्षीय दिपक झा र ३० वर्षीय सिन्टुकध कुमार सिंह १५० किलो गाँजासहित पक्राउ परेको  मोरङका डीएसपी रञ्जनकुमार दाहालले बताए ।

पक्राउ परेकाहरुले रङ्गेली नगरपालिका-३ रन्जनीस्थित वीरबहादुर कार्कीको घरमा गाँजा ल्याएको बताएपछि प्रहरी उनको घरमा खानतलासीका लागि पुगेको थियो ।

घर खानतलासी गर्दा थप ८४ किलो गाँजा भेटेको प्रहरीले सो स्थानबाट कार्कीसहित गाँजा ओसारपसारमा भारतीय नागरिक २४ वर्षीय प्रबिण पासवान र विष्णुकान्त मिश्रलाई  पक्राउ गरेको थियो ।

दुई स्थानबाट २३४ किलो गाँजासहित पाँच जनालाई पक्राउ गरेको प्रहरीले बताएको छ । पाँचै जनाविरूद्ध मोरङ जिल्ला अदालतबाट लागू औषध कसूरमा सात दिन म्याद थप गरी अनुसन्धान सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?