
१५ चैत, काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले कानुनी र अर्थविज्ञ सल्लाहकार नियुक्त गरेका छन् ।
राष्ट्रपति पौडेलले कानुनी सल्लाहकारमा बाबुराम कुँवर र प्रमुख आर्थिक सल्लाहकारमा डा. चिरञ्जीवी नेपाललाई नियुक्त गरेका हुन् ।
दुईदिनअघि निर्णय भएर बुधबार (आज) नियुक्ति पाएको नेपालले जानकारी दिए । कानुनी सल्लाहकारमा नियुक्ति पाएका कुँवरले पनि नियुक्ति पाएको पुष्टि गरे ।
कुँवर गण्डकी प्रदेशको पहिलो प्रदेश प्रमुख हुन् । उनी पूर्व प्रधानमन्त्री शुशील कोइरालाको कार्यकालमा सरकारको महान्यायाधिवक्ता थिए ।
अर्थ सल्लाहकारमा विज्ञका रुपमा नियुक्त भएका डा. नेपाल राष्ट्रबैंकका पूर्व गर्भनर हुन् । गभर्नर नियुक्त हुनुअगाडी उनी पनि तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाका प्रमुख आर्थिक सल्लाहकार थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4