
१६ चैत, विराटनगर । कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयले पर्यटनसँग सम्बन्धित योजना कार्यान्वयनका लागि जिल्ला तहमै सम्झौता गर्ने निर्णय गरेको छ ।
मन्त्री जीवन आचार्यले योजना सम्झौताका लागि मन्त्रालय धाउनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्दै जिल्ला तहमै सम्झौता गर्न सकिने निर्णय गरेका हुन् ।
पर्यटनमन्त्री आचार्यलाई पहाडी क्षेत्रका नागरिकले पर्यटन क्षेत्रको काम गर्दा सास्ती भोग्नुपरेको गुनासो गरेपछि योजना सम्झौताका लागि सम्बन्धित जिल्लाका वन डिभिजन कार्यालयले सहजीकरण गर्ने निर्णय गराएका हुन् ।
मन्त्री स्तरको निर्णयपछि योजना सम्झौताका लागि अब मन्त्रालय धाउनु नपर्ने मन्त्री आचार्यका स्वकिय सचिव कपिल सुनारले बताए ।
उनका अनुसार अब प्रदेशका १४ वटै जिल्लामा रहेका वन कार्यालयबाट योजना सम्झौता हुनेछ ।
पर्यटनसँग सम्बन्धित स्वीकृत भए पनि सम्झौता हुन बाँकी रहेका योजनाहरु सम्झौता गरी काम गर्न वैशाख मसान्तभित्रको समयसीमा तोकिएको उनले बताए ।
प्रतिक्रिया 4