+
+

उपनिर्वाचन हुने तीन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत तोकिए

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १६ गते १६:३०

 १६ चैत, काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचन हुने तीन क्षेत्रमा  मुख्य निर्वाचन अधिकृतहरु नियुक्त गरेको छ ।

आयोगले आगामी १० गते हुने प्रतिनिधिसभासदस्‍य उपनिर्वाचनका लागि चितवन क्षेत्र नम्बर-२ का लागि जिल्ला न्यायाधीश बासुदेव न्यौपाने, बारा क्षेत्र नम्बर २ का लागि मुकेश उपाध्याय र तनहुँ क्षेत्र नम्बर-१ का लागि कमलप्रसाद आचार्यलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको हो ।

मुख्य निर्वाचन अधिकृतको नियुक्तिसँगै चैत १८ गतेदेखि सम्बन्धित निर्वाचन अधिकृतको कार्याल खुल्नेछ भने उपनिर्वाचनका लागि २० गते उम्‍मेदवारीको मनोनयन दर्ता हुने आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?