+
+

चार जना मिटरब्याज पीडित अस्पताल भर्ना

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १६ गते १६:४८

१६ चैत, काठमाडौं । काठमाडौंमा आन्दोलनरत चार जना मिटरब्याज पीडित अस्पताल भर्ना भएका छन् । १२ दिनदेखि पैदल यात्रा गरेर महोत्तरीदेखि काठमाडौं आएका ७३ जनामध्ये करिब ५५ जना मंगलबार बेलुकीदेखि अस्वस्थ भएका थिए ।

उनीहरुलाई वीर अस्पतालका चिकित्सकले शिविरमै आएर जाँच गरेका थिए । जसमध्ये ९ जना थप स्वास्थ्य परीक्षणका लागि अस्पताल रिफर भएको संघर्ष समितिका अगुवा संघर्ष दाहालले बताए ।

‘अस्पताल गएका ९ मध्ये ५ जना फर्कनुभयो’ उनले भने, ‘बाँकी ४ जनाको स्वास्थ्य परीक्षण भइरहेको छ ।’ दाहालकाअनुसार उनीहरुलाई चिसो लागेको र अन्य स्वास्थ्य समस्या पनि देखिएको प्रारम्भिक परीक्षणमा देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?