
१७ चैत, काठमाडौं । हवाई उडानका दौरान टिकटक भिडियोमा रहमाइरहेका हिमालय एयरलाइन्सका तीन जना क्याबिन–क्रु कारबाहीमा परेका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार बिहीबार काठमाडौं–दोहा रुटमा उडानमा रहेको एच९–५६३ उडान नम्बरको जहाजमा पाकिस्तानको एयरस्पेसमाथि उडिरहेको समयमा एक पुरुष र दुई महिला एयरहोस्टेस टिकटक भिडियोमा रमाइरहेका देखिन्छन् ।
प्राधिकरणका अनुसार यसलाई ‘इनफ्लाइट सेफ्टी’ विरुद्धको कसुर मानिन्छ । उनीहरूलाई ३ देखि ६ महिनासम्म उड्न नपाउने गरी कारबाही गरिएको छ ।
पछिल्लो समय क्याबिन–क्रुहरुले भाइरल हुने लोभमा नियम उल्लंघन गरी आकाशमा टिकटक बनाउने प्रचलन बढेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4