
१७ चैत, काठमाडौं । भारतको इन्दौरमा राम नवमी मेलामा भएको दुर्घटनामा मृत्यु हुने ३५ जना पुगेका छन् । मन्दिरको इनार ढाकेको ढक्कन भत्किँदा उनीहरु इरानरमा खसेका थिए ।
बिहीबार भएको यो दुर्घटनामा परेकामध्ये आज शुक्रबार बिहानसम्ममा ३५ जनाको शव निकालिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । अझै १ जना हराइरहेका छन् ।
१८ जनालाई भने जिवितै उद्धार गरिएको हो ।
भारतीय प्रधानमन्त्र नरेन्द्र मोदीले घटनाप्रति दुख व्यक्त गरेका छन् । भारतले सरकारले मृतकका आफन्तलाई २ लाख रुपैयाँ राहत दिने घोषणा पनि गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4