
१७ चैत्र, काठमाडौं । जनमत पार्टीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी आफ्नो पार्टीलाई नदिएकोमा असन्तुष्टि जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसामु उद्योग मन्त्रालयको जिम्मेवारी माग गरेको तर, अर्कैको नाम पठाएको भन्दै खानेपानी मन्त्री अब्दुल खानले असन्तुष्टि जनाएका हुन् ।
एउटा मात्र मन्त्रालय पाउने हो भने उद्योग मन्त्रालय पाउनु पर्ने र उद्योग नपाए दुई वटा मन्त्रालय दिनु पर्ने जनमत पार्टीको माग छ ।
‘आफ्नो असन्तुष्टि प्रधानमन्त्री सामु राख्छु । उहाँसँगको कुरापछि थप के गर्ने तय हुन्छ’, खानले अनलाइनखबरसित भनेका छन् ।
जनमत पार्टीबाट खान खानेपानी मन्त्री छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4