
१७ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुमा लागेको ताला खोल्ने सहमति भएको छ ।
पनिका र अनेरास्ववियु त्रिवि जिल्ला कमिटि शुक्रबार तालाबन्दी गरिएको विषयमा छलफल गर्दा ताला खोल्न सहमति जुटेको कार्यालयले जनाएको छ ।
परीक्षा नियन्त्रण कार्यालयले समस्या समाधानको पहल गरिएको र अबका दिनमा परीक्षा केन्द्र निर्धारण गर्दा त्रिविको विद्यमान नीति र पायक पर्ने केन्द्रमा परीक्षा व्यवस्थाप गर्न गराउन सहमतिपछि ताला खोली कार्यालय संचालन गराउने निर्णय भएको जनाएको छ ।
१२ गतेबाट सुरु हुन लागेको स्नातक तह चौथो वर्षको परीक्षा केन्द्र टाढा राखिएको भन्दै अनेरास्ववियु त्रिवि जिल्ला कमिटिले १० गते त्रिवि पनिकामा ताला लगाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4