
१९ चैत, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जानकारी लिएका छन् ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत राष्ट्रपति पौडेललाई आज बिहान भेटेर प्रधानमन्त्री प्रचण्डले उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । भेटमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पौडेलको स्वास्थ्य लाभको कामना गरेको उनको सचिवालयले जनाएको छ ।
पेटमा समस्या भएपछि राष्ट्रपति पौडेल शनिबार अस्पताल भर्ना भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4