+
+

पूर्वाञ्चल विश्वविद्यालयमा अर्को वर्षदेखि एमबीबीएसको पढाइ हुने

१८ जना शिक्षकका लागि आवेदन खुला

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १९ गते १३:२८

१९ चैत, विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयले अर्को वर्षदेखि एमबीबीएसको  अध्यापन सुरु गर्ने भएको छ । एमबीबीएस कक्षा सञ्चालनको अनुमति पाएको विश्वविद्यालयलले अर्को वर्षबाट विद्यार्थी भर्ना लिएर अध्यापन सुरु गराउने भएको हो ।

कक्षा सञ्चालनका लागि विश्वविद्यालयले शिक्षक राख्ने प्रक्रिया भने सुरु गरेको छ । विश्वविद्यालयको चिकित्साशास्त्र संकायले करारमा शिक्षक नियुक्तिको प्रक्रिया सुरु गरेको विश्वविद्यालय मेडिकल संकायका निमित्त डीन नविन लामिछानले बताए ।

डीन लामिछानेका अनुसार ७५ जना विद्यार्थीको कोटा लिएर अध्यापन गराउने विश्वविद्यालयको तयारी छ । चिकित्सा शिक्षा आयोगको मापदण्ड पूरा गर्नका लागि पहिलो चरणमा विश्वविद्यालयले १८ जना  शिक्षकका लागि विज्ञापन खुलाएको उनले बताए ।

विश्वविद्यालयले विभिन्न विषयमा १८ जना सह-प्राध्यापक र उपप्राध्यापक माग गरेको छ । उनका अनुसार मापदण्ड पूरा गरेपछि अर्को  वर्षबाट कक्षा सञ्चालनको तयारी छ ।

विश्वविद्यालयको केन्द्रीय कार्यालय रहेको गोठगाउँमा मेडिकल शिक्षा अध्यापन हुनेछ । अभ्यास भने विराटनगरको कोशी अस्पतालमा हुनेछ ।

२०७८ माघ २४ गते कोशी अस्पताल विराटनगरले पूर्वाञ्चल विश्वविद्यालयलाई अभ्यासका लागि अस्पताल प्रयोग गर्न दिने सम्झौता भएको थियो ।

सहमतिको एक वर्षपछि २०७९ माघ २३ गतेको मन्त्रिपरिषदको बैठकले विश्वविद्यालय र कोशी अस्पतालबीचको सम्झौता अनुमोदन गर्दै मेडिकल कलेज सञ्चालनको बाटो खोलिदिएको थियो ।

विश्वविद्यालयले यसअघि २०६२ सालमा १०० (५० जना नेपाली ५० जना सार्क राष्ट्रका) विद्यार्थी एमबीबीएस अध्यापनका लागि इन्ट्रान्स परीक्षा लिएको थियो । तर २०६२-६३ को जनआन्दोलनका कारण मेडिकल कलेज सञ्चालनको योजना अवरुद्ध भएको थियो ।

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पहलमा २०५२ सालमा विश्वविद्यालय स्थापना भएको विश्वविद्यालयको केन्द्रीय कार्यालय गोठगाउँमा नर्सिङ,विएन, फार्मेसीलगायत कोर्सको अध्यापन भइरहेको छ ।

विश्वविद्यालयले आज ११औं दीक्षान्त समारोह मनाउँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?