+
+

प्रकोप प्रभावितलाई वर्षा अगावै सुरक्षित आवास पुर्‍याउनुस् : शहरी विकास मन्त्री गुरूङ

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १९ गते १५:३२

१९ चैत, काठमाडौं। शहरी विकासमन्त्री सीता गुरुङले प्रकोप प्रभावित भई घरबिहीन बनेका नागरिकलाई वर्षा सुरू हुनु अगावै ओत् लाग्न पाउने गरी आवासको सुविधा पुर्‍याउन निर्देशन दिएकी छिन् ।

आइतबार मन्त्रालयमा भएको शहरी विकास तथा भवन निर्माण विभागको स्वागत र बिफ्रिङ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले यस्तो निर्देशन दिएकी हुन् ।

उनले विपद् प्रभावित भई घरबिहीन बनेका नागरिकलाई दुई महिनाभित्रै आधारभूत आवास सुविधाको प्रबन्ध गर्न निर्देशन दिएकी हुन् ।

‘संविधानले नै नागरिकलाई आधारभूत आवास सुविधाको कुरा मौलिक हककोरुपमा व्यवस्था गरेको छ । त्यससम्बन्धी कानूनी प्रावधान र अनुदानको व्यवस्थासमेत छ,’ मन्त्री गुरुङले भनिन्, ‘संविधान र कानूनबमोजिम जसले सुरक्षित आवासको सुविधा पाउने हो, उसलाई वर्षा सुरू हुनुअगावै आधारभूत आवासको सुविधा पुर्‍याउनुस् ।’

विभागले सुरक्षित नागरिक आवास कार्यान्वयन कार्यविधिअनुसार विपद्का कारण घरबारविहीन भएका परिवारलाई आवासकालागि जस्तापाता र सहुलियत दरको काठलगायतका सामाग्री खरिदका लागि अनुदान दिने व्यवस्था छ भने विपन्न समुदायलाई घर निर्माणमा अनुदान दिने कार्यक्रम छ । तर त्यस्तो अनुदान कार्यक्रम प्रभावकारी छैन ।

काठमाडौंको फोहोरमैला व्यवस्थापनमा चासो राख्दै बञ्चरेडाँडा फोहोरमैला व्यवस्थापन केन्द्रको व्यवस्थापनमा सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर काम अघि बढाउनुपर्नेमा उनले जोड दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?