+

एनसेल बाह्रखरी गल्फ र आर्थिक परिसंवाद वैशाख ९ गते हुने

२०७९ चैत  १९ गते १५:०८ २०७९ चैत १९ गते १५:०८
एनसेल बाह्रखरी गल्फ र आर्थिक परिसंवाद वैशाख ९ गते हुने

१९ चैत, काठमाडौं । बाह्रखरी मिडियाले वार्षिकरुपमा आयोजना गर्दै आएको बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद वैशाख ९ गते काठमाडौंमा हुने भएको छ ।

उक्त कार्यक्रमको नाम ‘एनसेल बाह्रखरी गल्फ एन्ड इकोनोमिक सिम्पोजियम’ रहेको छ ।

बाह्रखरी मिडियाले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर दिएको जानकारीअनुसार कार्यक्रमको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्नेछन् ।

बाह्रखरी मिडियाका प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्यका अनुसार कार्यक्रममा एक हजार ५०० जना भन्दा बढी उक्त कार्यक्रममा सहभागी हुने छन् ।

बाह्रखरीका कार्यकारी अध्यक्ष तथा प्रधान सम्पादक प्रतीक प्रधानले खेल र आर्थिक क्षेत्रलाई जोड्नका लागि यो कार्यक्रम आयोजना गरेको बताए ।

पत्रकार सम्मेलनमा कर्पोरेट गल्फ प्रतियोगितामा विजेतालाई प्रदान गरिने सुनको बल गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरेले सार्वजनिक गरे ।

गोकर्ण गल्फ क्लबका निर्देशक दीपक आचार्यले कार्यक्रम सुरु गर्नुभन्दा पनि निरन्तरता ठूलो कुरा भएको बताउँदै बाह्रखरीले विगत पाँच वर्षदेखि निरन्तरता दिएको भन्दै प्रशंसा गरेका थिए ।

प्रतियोगितामा काठमाडौं, धरान, विराटनगर, वीरगन्ज, चितवन, पोखरा, बुटवल, नेपालगन्ज, धनगढीसहित केही विदेशी कर्पोरेट गल्फर पनि उपस्थित हुनेछन् ।

प्रतियोगितामा सहभागी गल्फरहरुले गोकर्ण गल्फ क्लबको १८ होलमा ‘स्टेबल फोर्ड फम्र्याट’मा प्रतिस्पर्धा गर्नेछन् ।

गल्फ प्रतियोगिता
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय