+
+

एमाले विरोधी हुँ भनेपछि मन्त्री बन्ने योग्यता पुग्छ : ओली

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १९ गते १७:३१

१९ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले विरोधी हुँ भन्नासाथ मन्त्री बन्ने योग्यता पुग्ने टिप्पणी गरेका छन् । गठबन्धनको सरकारले देशलाई विकासको बाटोमा लैजान नसक्ने उनले बताए ।

पार्टी निकट जनजाति महासंघको कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै ओलीले अचम्म अचम्मका मान्छे मन्त्री भएको बताए । ‘को–को मन्त्री हुन्, कस्ता मन्त्री हुन् ?’, उनले भने, ‘भवितव्यमा दुईटा सिट आयो, जान्नु तान्नु केही छैन । एमाले विरोधी हुँ भनेपछि मन्त्री बन्न क्वालिफिकेसन पुग्छ ।’

मन्त्रीलाई मात्र होइन, प्रधानमन्त्रीलाई सोध्यो भने पनि देश बनाउँछु भन्न नसक्ने ओलीले बताए । उनले अगाडि भने, ‘प्रधानमन्त्रीलाई नै किन प्रधानमन्त्री भएको भन्ने हो भने देश बनाउन भन्न सक्दैनन् । आउँदै आउँदैन उनलाई ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?