+
+

काठमाडौं महानगरको ३० वटा वडामा ई-सिफारिस सेवा सुरु

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १९ गते २०:२८

चैत १९, काठमाडौं । काठमाडौं महानगरपालिकाका ३२ वडामध्‍ये ३० वटा वडामा एकीकृत विद्युतीय सेवा प्रणाली अन्तर्गतको ई-सिफारिस सुरु भएको छ । महानगरको वडा नम्बर १३ र ३२ मा यो सेवा सुरू हुन बाँकी छ।

महानगरका सूचना प्रविधि विभाग प्रमुख नमराज ढकालले  महानगरका ती दुई वडा बाहेक सबै वडाका सेवाग्राहीले विद्युतीय सेवा प्रणाली सुविधा उपलब्ध गराएको बताए ।

उनले भने, ‘अबको आवश्यकता भनेको लाभग्राहीलाई प्रणालीमा अभ्यस्त गराउनु हो। यो प्रणालीमा इ-सिफारिस, दर्ता चलानी लगायत उपलब्ध गराएका छौं।’

महानगरपालिकाको लोगो भएको केएमसी मोबाइल एप डाउनलोड गरेर उक्त सेवा लिन सकिने प्रमुख ढकालले बताए ।

उनका अनुसार उक्त मोबाइल एप्लिकेशनबाट प्राप्त विवरणका आधारमा विवरण रुजु गर्ने, राजस्व तथा शुल्क भुक्तानी गर्ने र सबै प्रक्रिया पूरा भएपछि डिजिटल सिग्नेचरसहितको कागजात सेवाग्राहीले पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?