
२० चैत, विराटनगर । सीमावर्ती क्षेत्रमा दुई समूहबीच झडप हुँदा गोली चलेको छ ।
नेपाल–भारत सीमा क्षेत्र दरैया नाका नजिकै भारतको जोगबनी–४ टिकुलिया बस्तीमा दुई समूहबीच गोली हानाहान भएको हो ।
प्रहरी स्रोतका अनुसार सोमबार बिहान ४ बजे भारतीय लागूऔषध कारोबारीबीच गोली हानहान भएको थियो ।
एउटा समूहको प्रहारबाट अर्को समूहका सदस्य टिकुलिया वस्तीका ३७ वर्षीय अंकित सिंह घाइते भएका छन् । उनको मुखमा गोली लागेको छ ।
भारतीय नागरिक सिंहको विराट नर्सिङ्ग होममा उपचार भइरहेको छ । सिंह खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।
प्रहरी स्रोतका अनुसार गोली प्रहार गर्ने र घाइते दुवै लागूऔषध कारोवार गर्ने गिरोहका सदस्य हुन् । भारतीय क्षेत्रमा घटना भएका कारण नेपाल प्रहरीले प्रतिक्रिया जनाएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4