
निर्देशकहरु ऋषिराज आचार्य, भूपेन्द्र खड्का र गायिका सरल पुन मगर
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र जाँच समितिको रिक्त तीन सदस्यमा पदमा मनोनीत गरेको छ । आइतबारको मन्त्रीस्तरीय निर्णयबाट सदस्य पदमा निर्देशकद्वय भूपेन्द्र खड्का, ऋषिराज आचार्य र गायिका सरल पुन मगर नियुक्त भएका हुन् ।
उनीहरुको कार्यकाल दुई वर्षको हुने मन्त्रालयले जनाएको छ । खड्का र आचार्य फिल्म निर्देशनमा सक्रिय छन् भने गायिका पुन अखिल नेपाल जनसांस्कृतिक महासंघको सचिवालय सदस्य र पूर्वी रुकुम निवासी हुन् । उनी माओवादी केन्द्र निकट कलाकार हुन् ।
सेन्सर बोर्डको नेतृत्व मन्त्रालयका सहसचिव एवं प्रवक्ता नेत्रप्रसाद सुवेदीले गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4