
२० चैत, काठमाडौं । नेकपा एकीकृत समाजवादीले १० वैशाखमा उपनिर्वाचन हुने तीनवटै निर्वाचन क्षेत्रमा सत्तारुढ गठबन्धनको उम्मेदवारलाई समर्थन गरेको छ ।
सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले बारा–२ , चितवन–२ र तनहुँ–१ मा सत्ता गठबन्धनको साझा उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको उपमहासचिव डा. गंगालाल तुलाधरले बताए । ती निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवारलाई मत दिन पार्टी पंक्तिलाई निर्देशन दिने निर्णय पनि भएको उनले जानकारी दिए ।
सत्तारुढ गठबन्धनले आधिकारिक उम्मेदवार तय गरिसकेको छैन । तर सत्ता गठबन्धनका रहेका दलमध्ये बारा–२ मा जसपाका उपेन्द्र यादव, चितवन–२ मा कांग्रेसका जितनारायण श्रेष्ठ र तनहुँ–१ मा कांग्रेसका गोविन्द भट्टराईले उम्मेदवारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4