+
+

इस्मा गाउँपालिकाले एकल पुरुषलाई मासिक १ हजार दिने

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २१ गते १२:५१
एकल पुरुषको परिचयपत्र देखाउँदै ।

२१ चैत, गुल्मी । गुल्मी जिल्लाको इस्मा गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिने भएको छ ।

गाउँपालिकाले ५५ वर्षमाथिका एकल पुरुषलाई सामाजिक सुरक्षा भत्तावापत मासिक एक हजार रुपैयाँ दिने निर्णय गरेको गाउँपालिकाका उपाध्यक्ष पार्वती कुँवरले बताइन् ।

पालिकाले वार्षिक नीति तथा कार्यक्रम बमोजिम एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको थियो ।

हालसम्म पालिकाभित्र ५५ वर्षमाथिका ७० जना एकल पुरुषको तथ्यांक संकलन भएको छ ।

राज्यले एकल महिलाई पुनरुत्थान गर्न सामाजिक सुरक्षा भत्ता दिने तर पुरुषलाई विभेद गरेकाले गाउँपालिकाले पुरुषलाई पनि भत्ता दिन थालेको उपाध्यक्ष कुँवलरे बताइन् ।

एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिने नवीन प्रकृतिको कार्य भएको उनको भनाइ छ । वडाको सिफारिसका आधारमा भत्ता दिइनेछ ।

पालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिन परिचयपत्र बनाउने कार्य गरिरहेको छ ।

अन्य सामाजिक सुरक्षा भत्तासँगै एकल पुरुषको भत्ता वितरण गरिने गाउँपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?