
काठमाडौं । रुससँग सीमा जोडिएको फिनल्याण्ड सैन्य गठबन्धन नेटोको ३१औं सदस्य बनेको छ ।
फिनल्याण्डले एक समय कुनै पनि समूहमा संलग्न नहुने वकालत गर्दै आएको थियो । त्यसबेला नेटोमा उसको संलग्नता असम्भव जस्तै थियो ।
तर गत वर्ष रुसले युक्रेनमाथि आक्रमण गरेपछि फिनल्याण्ड र स्वीडेनले नेटोमा सदस्यताका लागि आवेदन दिए । तर हंगेरी र टर्कीले स्वीडेनलाई रोकेर राखेका छन् । स्वीडेनले नेटोको सदस्यता प्राप्त गर्न कति समय लाग्छ, यकिन छैन । किनकी नेटोका सबै सदस्यले नयाँ सदस्यलाई सहभागी गराउन सहमति दिनुपर्छ ।
नेटो, दोस्रो विश्वयुद्धपछि सन् १९४९ मा बनेको थियो, जसमा अमेरिका, क्यानडा र अरु पश्चिमा देश छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4