
२१ चैत, काठमाडौं । ब्रोकर लाइसेन्स बितरण प्रकृया रोक्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशको टुंगो ६ महिनासम्म पनि लाग्न नसक्दा लगानीकर्ताहरुको झण्डै १२ अर्ब रुपैयाँ जोखिममा परेको छ ।
पूँजी बजारलाई सिमित ब्रोकरको कब्जाबाट बाहिर निकाल्ने भन्दै नेपाल धितोपत्र बोर्डले ब्रोकर लाइसेन्स सहजै प्राप्त गर्नेगरी नियमावलीमा ब्यबस्था गर्दै आवेदन माग गरेको थियो ।
तर नयाँ लाइसेन्स खुलाउन नहुने भन्दै केही कानुन ब्यबसायीले सर्वोच्च अदालतमा मुद्दा दायर गरेपछि गत कात्तिक ४ गते सर्वोच्च अदालतले लाइसेन्सका लागि खुला गरिएको आवेदन प्रकृया रोक्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको थियो ।
तर, अल्पकालिन भनिएको अन्तरिम आदेशको सुनुवाई ६ महिनासम्म नहुँदा लाइसेन्सका लागि आवेदन गर्ने लगानीकर्ताको अबौं रुपैयाँ अडकिएको छ । आर्थिक संकुचन र लगानीयोग्य तरलताको अभाव भइरहेका बेला ठूलो रकम अडकिनु र कुनै निर्णय पनि नआउनुले निकै अप्ठेरो परेको लगानीकर्ताहरु बताउँछन् ।
नेपाल धितोपत्र बोर्डले २ असोजमा सेयर ब्रोकरको लाइसेन्सका लागि आवेदन माग गर्दै इच्छुक कम्पनीलाई ३० दिनभित्र आवेदन पेश गर्ने सूचना प्रकाशित गरेको थियो । बोर्डको उक्त सूचनाअनुसार ४५ वटा कम्पनीले नेप्सेको सिफारिससहित बोर्डमा आवेदन दिएका थिए ।
४ कात्तिकमा सर्वोच्च अदालतले स्टक एक्सचेन्ज, कमोडिटी एक्सचेन्ज र स्टक ब्रोकरको नयाँ लाइसेन्स वितरण प्रक्रियाविरुद्ध परेको रिटमा सुनुवाइ गर्दै उक्त प्रक्रिया यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो । न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले दिएको उक्त आदेशपछि बोर्डले स्टक एक्सचेन्ज, कमोडिटी एक्सचेन्ज र स्टक ब्रोकरको नयाँ लाइसेन्स वितरण प्रक्रिया रोकेको छ ।
रिटमाथिको सुनुवाइ पटकपटक सर्दा नयाँ ब्रोकर लाइसेन्सको लागि लगानी गरेको ४५ कम्पनीको करिब १२ अर्ब रुपैयाँ होल्ड भएर बसेको हो ।
४५ कम्पनीले ११ अर्ब ९२ करोड ८० लाख रुपैयाँ चुक्ता पूँजीसहित नेप्सेको सिफारिस लिएर बोर्डमा आवेदन दिएका थिए । सर्वोच्च अदालतको अल्पकालीन आदेश आएर रोकिएको लाइसेन्स प्रक्रिया मुदा टुंगो नलाग्दा लगानी फसेर बसेको प्रस्तावित हिमालयन ब्रोकरेज कम्पनीका एक लगानीकर्ताले बताए ।
‘अल्पकालिन अन्तिरिम आदेश दिएको साढे ५ महिनाभन्दा बढी भयो । तर, अदालतले फैसला नगर्दा अर्बौं लगानी बैंकमा राखेर बस्नुपरेको छ,’ उनले भने, ‘अदालतको फैसला आउने हो भने लाइसेन्स पाउने/नपाउने टुंगाे लाग्थ्यो, लगानी होल्ड हुने थिएन ।’
नेपाल सरकार मन्त्रिपरिषद्को स्वीकृतिमा नेपाल धितोपत्र बोर्डले भदौमा २०७९मा धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावलीको चौंथो र पाँचौं संशोधन गरेको थियो । त्यसपछि बोर्डले २ असोजमा सूचना प्रकाशित गर्दै धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमतिपत्रका लागि निवेदन माग गरेको थियो ।
संशोधित नियमावली अनुसार सीमित कार्य गर्ने धितोपत्र दलाल सेवाका लागि २० करोड, पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवाका लागि ६० करोड र धितोपत्र व्यापारीको लाइसेन्सका लागि १ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी हुनुपर्ने व्यवस्था गरेको छ ।
सोहीअनुसार व्यापारीको इजाजतपत्रका लागि नबिल सेक्युरिटिज लिमिटेड आवश्यक चुक्ता पूँजी १ अर्ब ५० करोडसहित बोर्डमा आवेदन दिएको छ । यस्तै पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवाका लागि आवश्यक चुक्ता पूँजी सहित आवेदन दिने कम्पनीको संख्या ३ वटा रहेको छ । मेगा स्टक मार्केट लिमिटेड, सेन्चुरी सेक्युरिटीज लिमिटेड र हिमालयन सेक्युरिटीज लिमिटेड गरी ३ वटाले ६० करोड रुपैयाँ चुक्ता पूँजीसहित बोर्डमा आवेदन दिएका छन् ।
बाँकी रहेका ४१ कम्पनीले भने सीमित कार्य गर्ने धितोपत्र दलाल सेवाका लागि आवश्यक चुक्ता पूँजीसहित बोर्डमा आवेदन दिएको थिए ।
लाइसेन्स कुरिरहेका कम्पनी
सि.नं | कम्पनीको नाम | सेयर पूँजी |
१. | क्यापिटल म्याक्स सेक्युरिटिज प्रा.लि. | २० करोड |
२. | कलश सेक्युरिटिज प्रा.लि. | २० करोड |
३. | एन.एम.बी सेक्युरिटिज लि. | २० करोड |
४. | के.बि.एल.सेक्युरिटिज लि. | २० करोड |
५. | प्रोपर्टी विजार्ड लि. | २० करोड |
६. | एनआईसी एशिया सेक्युरिटिज लि. | २० करोड |
७. | पाहि ईन्भेष्टमेन्ट प्रा.लि. | २० करोड |
८. | मियो सेक्युरिटिज प्रा.लि. | २० करोड |
९. | जे.बि.एन.एल.सेक्युरिटिज लि. | २० करोड |
१०. | प्रभु स्टक मार्केट क्यापिटल लि. | २० करोड |
११. | आर.बी.बि.सेक्युरिटिज कं.लि. | २० करोड |
१२. | शुभकामना सेक्युरिटिज प्रा.लि. | २० करोड |
१३. | ट्रेडमो सेक्युरिटिज प्रा.लि. | २० करोड |
१४. | सानिमा सेक्युरिटिज लिमिटेड | २० करोड |
१५. | आकाशभैरव सेक्युरिटिज लिमिटेड | २० करोड |
१६. | क्यापिटल हब प्रा.लि. | २० करोड |
१७. | गरिमा सेक्युरिटज लि. | २० करोड |
१८. | हातेमालो फाईनान्सियल सर्भिसेज प्रा.लि. | २० करोड |
१९. | सि.बि.आई.एल.सेक्युरिटिज लि. | २० करोड |
२०. | ईगल स्टक ईक्युटी प्रा.लि. | २० करोड |
२१. | सनराईज सेक्युरिटिज लि. | २० करोड |
२२. | इन्दिरा सेक्युरिटिज प्रा.लि. | २० करोड |
२३. | सजिलो ब्रोकर लि. | २० करोड |
२४. | मिल्की वे सेयर ब्रोकर कं.लि. | २० करोड |
२५. | ब्लुचिप सेक्युरिटिज लि. | २० करोड |
२६. | बेनी सेक्युरिटिज प्रा.लि. | २० करोड |
२७. | रोडसो सेक्युरिटिज लि. | २० करोड |
२८. | म्याग्नेट सेक्युरिटिज एण्ड ईन्भेष्टमेन्ट कं.प्रा.लि. | २० करोड |
२९. | मनि वल्र्ड शेयर एक्सचेन्ज प्रा.लि. | २० करोड |
३०. | एप्पल सेक्युरिटिज लि. | २० करोड |
३१. | एलिट स्टक हाउस लि. | २०.८० करोड |
३२. | भोले गणेश सेक्युरिटिज लि. | २१ करोड |
३३. | स्टक्स्कार्टस् सेक्युरिटिज लिमिटेड | २१ करोड |
३४. | ईन्डेक्स सेक्युरिटिज लि. | २२ करोड ५ लाख |
३५. | म्ााछापुच्छ्रे सेक्युरिटिज लि. | २३ करोड |
३६. | हिमालयन ब्रोकरेज कम्पनी | २३ करोड |
३७. | शेयरप्रो सेक्युरिटिज प्रा.लि. | २० करोड |
३८. | सन सेक्युरिटिज प्रा.लि. | २५ करोड |
३९. | ईन्पिmनिटी सेक्युरिटिज लि. | २५ करोड |
४०. | सिजी ईन्भेष्टमेन्ट से.लि. | २८.५० करोड |
४१. | एस.पि.एस.ए.सेक्युरिटिज लि. | ३० करोड |
४२. | मेगा स्टक मार्केट्स लि. | ६० करोड |
४३. | हिमालयन सेक्युरिटिज लि. | ६० करोड |
४४. | सेन्चुरी सेक्युरिटिज लि. | ६० करोड |
४५. | नबिल सेक्युरिटिज लि. | १५० करोड |
प्रतिक्रिया 4