+

आईपीएलमा गुजरात टाइटन्सको लगातार दोस्रो जित

२०७९ चैत  २२ गते ६:४१ २०७९ चैत २२ गते ६:४१
आईपीएलमा गुजरात टाइटन्सको लगातार दोस्रो जित

२२ चैत, काठमाडौं । साविक विजेता गुरजात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा मंगलबार राति दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गरेको छ ।

यस सिजन गुजरातको यो लगातार दोस्रो जित हो र ४ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ ।  लगातार दोस्रो हार बेहोरेको दिल्ली अंकविहीन छ ।

दिल्लीको घरेलु मैदान अरुण जेट्ली क्रिकेट स्टेडियममा भएको खेलमा गुजरातले १६३ रनको लक्ष्य१८.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

गुजरातका लागि साई सुदर्शनले ४८ बलमा ४ चौका र २ छक्का मदतमा अविजित रहँदै सर्वाधिक ६२ रन बनाए । ओपनरद्वय ऋद्धिमान शाह र शुभमन गिलले समान १४ रन बनाएर आउट भएपछि इनिङ्स सम्हालेका साईले चौथो विकेटका लागि विजय शंकरसँग ५३ रनको साझेदारी गरे । यस्तै पाँचौ विकेटका लागि डेविड मिलरसँग अविजित ५६ रनको साझेदारी गरे ।

यस्तै विजय शंकरले २३ बलमा ३ चौका प्रहार गरी २९ रन जोडे । जारी सिजन पहिलो खेल खेलेका डेबिड मिलरले १६ बलमा समान २ चौका र छक्का मद्दतमा अविजित ३१ रन बनाए ।

दिल्लीका लागि एनरिक नोर्कियाले २ तथा खलिल अहमद र मिचेल मार्शले समान एक/एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १६२ रन बनाएको हो ।

दिल्लीका लागि कप्तान डेविड वार्नरले ३२ बलमा ७ चौका प्रहार गरी सर्वाधिक ३७ रन बनाए । अक्षर पटेलले २२ बलमा ३६ रन बनाए । सरफराज खानले ३० तथा अबिशेक पोरेलले २० रन जोडे ।

गुजरातका लागि मोहम्मद शामी र राशिद खानले तीन/तीन तथा अल्जारी जोशेफले २ विकेट लिए ।

आईपीएल गुजरात टाइटान्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय