
२२ चैत, काठमाडौं । मिटरब्याजका बिषयमा छानबिन गर्न बनाएको आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आयोग गठनबारे सरकारले आफूलाई अहिलेसम्म कुनै औपचारिक जानकारी नदिएको बताएका छन् ।
आयोग गठन भएको र आफूलाई अध्यक्ष बनाएको कुरा समाचारबाट थाहा पाएको भन्दै उनले यस बिषयमा सरकारले औपचारिक जानकारी नगराएको बताए ।
आयोग गठन, तथा आयोगको काम कर्तव्य र अधिकारको बारेमा आफूलाई औपचारिक जानकारी नभएको बताउँदै कार्कीले भने, ‘म आयोगमा राखिएको औपचारिक जानकारी भएपछि आयोगको कार्यक्षेत्र प्रष्ट भएपछि मात्रै पीडितसँग छलफल होला ।’
२० चैत्रमा मन्त्रिपरिषद्को बैठकले मिटर ब्याज पीडितको समस्याबारे छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन गर्ने निर्णय गरेको थियो ।
तर आयोग गठनले मात्रै मिटरब्याज पीडितको समस्या समाधान नहुने भन्दै पीडितहरुको एक टोली काठमाडौंमा आन्दोलनरत छ ।
प्रतिक्रिया 4