
काठमाडौं । दशकपछि चर्चित नेपाली ब्याण्ड अष्ट्रेलिया पुग्दैछ । राजु लामा नेतृत्वको यो सांगीतिक समूहले आठ अष्ट्रेलियाली सहरमा प्रस्तुति दिन लागेको हो । टुरको थालनी १० तारिखमा मेलबर्नदेखि सुरु हुने भएको छ ।
नेपाली टच संस्थाको म्यानेजमेन्टमा ब्याण्डले अष्ट्रेलिया भ्रमण गर्न लागेको हो । ब्याण्ड व्यवस्थापक बबी लामाले १० वर्षपछि अष्ट्रेलियाली नेपाली डायस्पोरामा कन्सर्ट गर्न लागेको जानकारी दिए ।
‘पुराना तथा नयाँ गीतलाई दर्शकसामु प्रस्तुत गर्न एकदम आतुर छौं,’ उनले भने । सन् १९९२ मा स्थापना भएको लोक, स्लो रक, पप मेलोडी ब्याण्डमा राजु लामा भोकल, रिदम गिटारमा बबी, ड्रममा सन्तोष थापा मगर, लिड गिटारमा किरण नगरकोटी, बेसमा पवन कपाली, बाँसुरीमा विनय महर्जन र मादलमा बाबुराजा महर्जन छन् ।
दोस्रो सांगीतिक प्रस्तुति १३ तारिखमा ब्रिसबेन, १५ मा सिड्नी, १६ मा क्यानबेरा, २३ मामा डार्विन र पर्थ, २९ मा होबर्ट र ३० मा एडिलेडमा ‘मंगोलियन हर्ट’ गुन्जिने छ । ‘मंगोलियन हर्ट’को प्रस्तुतिको लागि उत्साहित रहेको नेपाल टच अष्ट्रेलियाका सीईओ दीपेश पुनले बताए । कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको पुनले जानकारी दिए ।
१० वर्षपछि अष्ट्रेलियामा सांगीतिक प्रस्तुतिका लागि उत्साहित रहेको ब्याण्डका भोकलिस्ट राजु लामाको भनाइ छ । उनी भन्छन्, ‘अष्टे«लियामा ‘ज्यो ज्यो’ आउँदैछ, सधैं झैं माया गर्नु होला है हजुर ।’ ब्याण्ड अप्रिल ७ मा अष्ट्रेलिया उड्ने छ भने पूर्वनिर्धारित आठवटा कार्यक्रम सकेर मे पहिलो साता नेपाल फर्कने छ ।
प्रतिक्रिया 4