+

फ्रान्क लाम्पार्डलाई अन्तरिम प्रशिक्षक बनाउने चेल्सीको तयारी

२०७९ चैत  २३ गते १३:३४ २०७९ चैत २३ गते १३:३४
फ्रान्क लाम्पार्डलाई अन्तरिम प्रशिक्षक बनाउने चेल्सीको तयारी

२३ चैत, काठमाडौं । इंग्लिस क्लब चेल्सीले फ्रान्क लाम्पार्डलाई अन्तरिम मुख्य प्रशिक्षक बनाउने तयारी गरेको छ । चेल्सीले यस सिजनको अन्तिमसम्मका लागि लाम्पार्डलाई अन्तरिम प्रशिक्षक बनाउने तयारी गरेको हो ।

बीबीसीका अनुसार चेल्सीले आइतबार मुख्य प्रशिक्षक ग्राहम पोटरलाई बर्खास्त गरेपश्चात यस सिजनको बाँकी खेलका लागि लाम्पार्डलाई जिम्मेवारी दिने तयारी गरेको हो ।

प्रिमियर लिगमा टोलीले खराब प्रदर्शनलाई कायम राखेपछि चेल्सीले प्रशिक्षक पोटरलाई ७ महिनामा नै पदच्युत गरेको थियो ।

पोटरको नेतृत्वमा चेल्सीले ३१ खेलमा ११ हार बेहोरेको छ । थोमस टुचेललाई बर्खास्त गरेपछि गत सेप्टेम्बरमा चेल्सीले उनलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।

चेल्सी यस सिजन प्रिमियर लिगको ११ औं स्थानमा छ ।

यो सिजनमा ५५० मिलियन युरो खर्चेर खेलाडी अनुबन्ध गरे पनि क्लबको नतिजा नआएपछि क्लबले लाम्पार्डलाई भित्र्याउन लागेको हो ।

४४ वर्षीय लाम्पार्डले यसअघि चेल्सीको टिम सम्हालिसकेका छन् । लाम्पार्डले २०१९ देखि २०२१ सम्म चेल्सीको जिम्मेवारी सम्हालेका थिए ।

त्यसबेला चेल्सीले लाम्पार्डलाई बर्खास्त गरेर टुचेललाई टिम हेर्ने जिम्मेवारी दिएको थियो । लाम्पार्डले आफ्नो कार्यकालको पहिलो वर्ष नै चेल्सीलाई एफए कपको फाइनल पु¥याएका थिए । उनले चेल्सीलाई ८४ खेलमा ४४ जित दिलाएका थिए । चेल्सीले उनलाई अहिले भने केही सकरात्मक नतिजाको अपेक्षा सहित टिममा भित्र्याउने तयारी गरेको हो ।

चेल्सी फ्रान्क लाम्पार्ड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय