+
+

संसदको १०० दिनको पनि समीक्षा गर्नुपर्छ : माओवादी सांसद दाहाल

‘सरकारको सय दिन देख्न पूर्वाग्रह र इर्ष्याबाट मुक्त हुनुपर्छ’

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २३ गते १५:१०

२३ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले संसदको १०० दिनको समीक्षा गर्नुपर्ने बताएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सदनमा सरकारको सय दिनको समीक्षा भएको तर, संसदको समय दिनको समीक्षा हुन नसकेको बताएका हुन् ।
‘हामीले संसदको सय दिनको पनि समीक्षा गर्नुपर्छ । हामी पनि यो संसद भवनमा पसेको सय दिन भएको छ’ उनले भने ।

संसदलाई जनताको आवाज बुलन्द गर्ने थलो रुपमा बुझ्ने गरिएको उल्लेख गर्दै सांसद दाहालले संसद जनताको अपेक्षा र राष्ट्रको आवश्यकता पूरा गर्ने थलो भएको बताए । उनले भने, ‘कुरा गर्ने थलोलाई हामीले काम गर्ने थलोको रुपमा रुपान्तरण गर्नैपर्छ ।’

पुराना सोच र चिन्तनबाट नयाँ आवश्यकता पूरा गर्न नसकिने उल्लेख गर्दै सांसद दाहालले त्यसअनुसार भूमिका निर्वाह गर्न र सरकारको सय दिनको समीक्षा तथ्यमा टेकेर गर्न सांसदहरुलाई समेत आग्रह गरे ।

‘सबैलाई थाहा छ सरकार निर्माण भएको सय दिन भएको छ । सय दिनको समीक्षा हामी यो सदनमा गरिरहेका छौं । सरकारको समीक्षा गर्दा माननीयज्यूहरुलाई मेरो आग्रह छ, पुरानो जगमा उभिएर नयाँ वस्तु देख्न सकिन्न । हामीले अब सत्यको जगमा उभिएर आलोचना र टिप्पणी गर्नुपर्छ ।’

सरकारको सय दिन देख्न पूर्वाग्रह र इष्र्याबाट मुक्त हुनुपर्ने उल्लेख गर्दै उनले १०० दिनमा सरकारले सकारात्मक सन्देश दिएको बताए ।

‘पासपोर्टको लाइन बस्नुपर्ने युवाहरुलाई गएर सोध्न सक्नुहुन्छ । वैदेशिक रोजगारमा गएका युवाहरु सामाजिक सुरक्षामा जोडिएका छन् । साना साना कुराहरु जनताको दैनिकी समस्याहरु समाधानमा केन्द्रित भएको छ’, सरकारको बचाउ गर्दै उनले भने ।

आर्थिक सुचकांकमा सुधार देखिएको, रासायनिक मल समयमै ल्याउने गरी टेण्डर भएको उल्लेख गर्दै सांसद दाहालले भने, ‘सय दिनमा जे काम गर्नुपर्ने थियो त्यो काम सरकारले गरिरहेको छ । सुरुवाती चरणमा सरकारले सकारात्मक सन्देश दिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?