
२३ चैत, धनगढी । कैलालीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
जिल्लाको चुरे गाउँपालिका-६ को बयला-डुग्रेनी कच्ची सडकखण्डमा सुपप्र०१००२ त ५२६९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा चालक चुरे गाउँपालिका-३ का ३८ वर्षीय दानबहादुर सिजाली रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ।
दुर्घटनाग्रस्त ट्याक्टरको ट्रलीमा च्यापिएर उनको घटनास्थलमै मृत्यु भएको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4