२४ चैत, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग २०७९-८० मा मनाङ मर्स्याङ्दी क्लबले शुक्रबार फ्रेण्ड्स क्लबलाई २-० ले पराजित गरेको छ । सिजनको चौथो जितपछि मनाङ शीर्ष स्थानमा उक्लिएको छ ।
च्यासल मैदानमा भएको खेलमा मनाङलाई जिताउन दुबै गोल विदेशी खेलाडी कोफी कोउडोले गरे । उनले ३२ औं मिनेटमा पहिलो र ५२ औं मिनेटमा दोस्रो गोल गरेका थिए ।
जितपछि ६ खेलबाट १४ अंक जोडेको मनाङ जाउलखेललाई गोल अन्तरमा पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो । जाउलाखेलको पनि समान १४ अंक भएपनि गोल अन्तरमा मनाङ अघि छ ।
शुक्रबारै भएको खेलमा खुमलटार एफसीसँग बराबरीमा रोकिएपछि जाउलाखेलले शीर्ष स्थानमा रहिरहने मौका गुमाएको छ ।
७ खेलबाट १४ अंकसहित जाउलाखेल दोस्रो स्थानमा छ ।सिजनको चौथो हार बेहोरेको फ्रेण्ड्स ६ खेलबाट ४ अंकसहित १२औं स्थानमै यथावत छ । फ्रेण्ड्स रेलिगेसन जवनबाट मात्र एक अंक माथि छ ।
प्रतिक्रिया 4