+

खुमलटारसँग बराबरीले जाउलाखेलले शीर्ष स्थान गुमायो

२०७९ चैत  २४ गते १७:२१ २०७९ चैत २४ गते १७:२१
खुमलटारसँग बराबरीले जाउलाखेलले शीर्ष स्थान गुमायो

२४ चैत, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग २०७९-८० मा जाउलाखेल युथ क्लब र खुमलटार एफसीले २-२ को बराबरी खेल्दै अक बाँडेका छन् ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलअघि जाउलाखेल शीर्ष स्थानमा थियो । खुमलटारसँग बराबरीमा रोकिएपछि जाउलाखेलले शीर्ष स्थानमा गुमायो ।

शुक्रबार नै भएको अर्को खेलमा फ्रेण्ड्सलाई हराएपछि समान १४ अंक भएपनि मनाङ मर्स्याङ्दी जाउलाखेललाई गोल अन्तरमा पछि शीर्ष स्थानमा उक्लेको छ ।

खेलमा जाउलाखेल र खुमलटार दुवैले एक-एक पटक अग्रता लिएपनि कायम राख्न सकेनन् ।

जाउलाखेलका लागि दुई विदेशी खेलाडीले लगातार दोस्रो खेलमा गोल गरेका हुन् । एनकोतो मासोबीले ३३ औं मिनेटमा गोल गर्दै जाउलाखेललाई अग्रता दिलाएका थिए । तर दुई मिनेटपछि नै अभिषेक लिम्बुले खुमलटारका लागि बराबरी गोल फर्काए ।

दोस्रो हाफमा पनि दुवैले एक एक गोल थपे । ६३ औं मिनेटमा मेसुके ओलोमोउले गोल गरेपछि खुमलटारले २-१ को अग्रता बनायो । तर यो अग्रता पनि जोगिएन । जाउलाखेलका लागि ८६ औं मिनेटमा फोडे फोफानाले गोल गरेपछि खेल बराबरीमा सकिएको हो ।

बराबरीपछि ७ खेलबाट जाउलाखेलको १४ अंक छ । यस सिजन उत्कृष्ट लयमा रहेको जाउलाखेलले मनाङ समान सर्वाधिक ४ खेल जित्दा दुई बराबरी खेलेको छ भने उक खेलमा पराजित भएको थियो ।

यस सिजन पहिलो बराबरी खेलेको खुमलटार ७ खेलबाट ७ अंक नै जोडेर नवौँ स्थानमा उक्लेको छ ।

खुमलटार जाउलाखेल शहीद स्मारक ए डिभिजन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय