
२४ चैत, काठमाडौं। नागरिक उन्मुक्ति पार्टीका राजनीतिक संवाद समितिका संयोजक सुरेन्द्र चौधरीले पार्टी छाडेको घोषणा गरेका छन् ।
पार्टीको विहीबारदेखि दुई दिने केन्द्रीय समितिको बैठक तमु बौद्ध सेवा समितिको हलबाटै आफूले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।
‘आजबाट नागरिक पार्टीबाट औपचारिक रुपमा अलग भएको घोषणा गर्दछु’, शुक्रबार उनले अनलाइनखबरसँग भने, ‘एउटा राजनीतिक झुण्ड र फटाहाहरुको संगतबाट आजदेखि उन्मुक्त भएको छु ।’
उनले वैशाखको पहिलो हप्तादेखि नयाँ राजनीतिक दलका लागि मेचीकाली अभियानमा लाग्नेसमेत बताए । उनले भने, ‘नयाँ राजनीतिक यात्राको लागि सबै जिल्लाका नेता तथा अभियानताहरु सँग छलफलको लागि मेची महाकाली यात्रामा हुन्छौं ।’
उनले नागरिक समाजवादी पार्टी चाँडै निर्वाचन आयोगमा दर्ता गर्ने पनि बताए । उत्तरदायी, समावेशी, सहभागितामूलक लोकतन्त्रको लक्ष्य र ध्येयको लागि भन्दै उनले नयाँ शीराबाट राजनीतिक यात्राको थालनी गर्ने बताएका छन् ।
प्रतिक्रिया 4