+
+

वायुसेवा निगमको संरचनागत र व्यवस्थापकीय पक्षको अध्ययन गर्न समिति गठन

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २४ गते १८:३७

२४ चैत, काठमाडौं । नेपाल वायुसेवा निगमको संरचनागत र व्यवस्थापकीय पक्षको अध्ययन गर्न समिति गठन गरिएको छ ।

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दिपेन्द्रबहादुर क्षेत्रीको अध्यक्षमा ५ सदस्यीय समिति गठन गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले जानकारी दिए । अध्ययन समितिको सदस्यहरुमा ओम गुरुङ (क्याप्टेन), टिकाराम राई (सञ्चारकर्मी), पियुस आनन्द (वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट) र सहारा न्यौपाने रहेका छन् ।

मन्त्री किरातीका अनुसार गठित समितिले निगमको संरचनागत र व्यवस्थापकीय पक्षको अध्ययन प्रतिवेदन तयार गरी मन्त्रालयमा पेश गर्नेछ ।

निगमले अहिले ५० अर्ब रुपैयाँ हाराहारी ऋण बोकेको छ तर व्यवस्थापकीय कमजोरीका कारण नयाँ योजनाहरु ल्याउन सकेको छैन । सोही कारण निगमको आर्थिक अवस्था बिग्रंदै गएको छ । पछिल्लो समय नेपाल एयरलाइन्सले विभिन्न लापरबाहीका घट्ना समेत बढी रहेको सन्दर्भमा मन्त्रालयले अध्ययन समिति गठन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?