
२४ चैत, धनगढी । कैलालीमा लागुऔषध खैरो हेरोईनसहित दुई जना पक्राउ परेका छन् ।
जिल्लाको भजनी नगरपालिका-५ कौवाखेडामा भारतबाट नेपालतर्फ आइरहेको अवस्थामा लागुऔषधसहित बर्दगोरिया गाउँपालिका-४ बस्ने १८ वर्षीय आनन्द ठकुरी र २३ वर्षीय दिपेन्द्र बोहरालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदीप चन्दले ठकुरीले चलाएको ना ४१ प ८४६० नंम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा १८ ग्राम लागुऔषध खैरो हेरोइनसहित उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।
दुवैै जनालाई इलाका प्रहरी कार्यालय भजनीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको डीएसपी चन्दले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4