+

दुई पटक अग्रता जोगाउन नसक्दा रियल मड्रिड घरेलु मैदानमै भियारियालसँग पराजित

२०७९ चैत  २६ गते ७:२० २०७९ चैत २६ गते ७:२०
दुई पटक अग्रता जोगाउन नसक्दा रियल मड्रिड घरेलु मैदानमै भियारियालसँग पराजित

२६ चैत, काठमाडौं । स्पानिस ला लिगाको दोस्रो स्थानमा रहेको रियल मड्रिडले दुई पटक अग्रता जोगाउन नसक्दा शनिबार राति भियारियालसँग ३-२ ले पराजित भएको छ ।

रियललाई उसैको मैदानमा पराजित गर्न भियारियलका  सामुएल चुक्वुजेले दुई गोल गरे ।

खेलको १६औं मिनेटमा भियारियालका पाउ टवरेसले आत्मघाती गोल गरेपछि रियलले घरेलु मैदान सान्टियागो बर्नाबेउमा अग्रता लिएको थियो । तर ३९औं मिनेटमा भियारियालका चुकवुजेले बराबरी गोल फर्काए ।

दोस्रो हाफको सुरुमै भिनिसियस जुनियरले गोल गरेपछि रियलले २-१ को अग्रता बनायो । तर दोस्रो पटक लिएको अग्रता पनि जोगाउन सकेन ।

७०औं मिनेटमा भियारियालका जोस मोरालेसले गोल गर्दै खेल २/२ को बराबरी अवस्थामा पुर्‍याए । त्यसपछि सामुएल चुकुवुजेले ८०औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि रियललाई स्तब्ध पार्दै  भियारियाललाई पनारगमन जित दिलाए ।

दोस्रो स्थानको रियल पराजित हुँदा लिग लिडर बार्सिलोनालाई फाइदा पुगेको छ । रियल बार्सिलोनाभन्दा १२ अंकले पछि छ र बार्सिलोनाले एक खेल कम खेलेको छ । बार्सिलोना २७ खेलबाट ७१ अंकसहित शीर्ष स्थानमा छ । रियलको २८ खेलबाट ५९ अंक छ ।

रियललाई हराएपछि २८ खेलबाट ४७ अंक जोडेको भियारियाल पाँचौ स्थानमा उक्लेको छ ।

भियारियाल रियल मड्रिड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय