+
+

नयाँ स्टक एक्सचेञ्ज र ब्रोकरविरुद्ध परेको रिटमा सर्वोच्चमा सुनुवाइ हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २६ गते ११:०५

२६ चैत, काठमाडौं । नयाँ ब्रोकर, स्टक एक्सचेञ्ज र कमोडिटी एक्सचेञ्जको लाइसेन्स रोक्न परेको मुद्दाको पेसी तोकिएको छ। अधिवक्ता दिपक विक्रम मिश्रले दायर गरेको रिटमा ४ कात्तिकमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

अल्पिकालीन अन्तरिम आदेश मार्फत नेपाल धितोपत्र बोर्डलाई लाइसेन्स प्रक्रिया स्थगित गर्न आदेश दिएकोमा सर्वोच्चकै संवैधानिक इजलासमा अर्को रिट परेपछि सुनुवाइ हुन सकेको थिएन । तर, संवैधानिक इजलासले संयुक्त इजलासबाट नै मुद्दाको फैसला गर्दा उपयुक्त हुने भन्दै रिट खारेज गरेपछि सर्वोच्चको संवैधानिक इजलासमा उक्त मुद्दाको सुनुवाइ सुरु भएको छ ।

आइतबार न्यायाधीशहरु अनिलकुमार सिन्हा र सुष्मलता माथेमाको संयुक्त इजलासमा उक्त रिटको पेशी चढेको छ । गत बिहीबार नै उक्त रिटको पेशी तोकिएको भएपनि हेर्दाहेर्दैमा बसेको थियो । आइतबार भने न्यायाधीशहरु अनिलकुमार सिन्हा र सुष्मलता माथेमाको संयुक्त इजलासमा उक्त रिट सुनुवाइ भइरहेको छ । सोही मुद्दामा हिमालयन ब्रोकरेज कम्पनीकोले पनि अधिवक्ता दिपक विक्रम मिश्र विरुद्ध रिट दायर गरेको थियो । उक्त मुद्दामा सरिक हुन पाउँ भनी हिमालयन ब्रोकरले कम्पनीले ४ फागुनमा दायर गरेको रिट समेतको एकासथ सुनुवाइ भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?