
काठमाडौं । धनाढ्य मुकेश अम्बानीको निम्तोमा गत साता बलिउडदेखि हलिउड र नेपाली कलाकार मुम्बईमा उपस्थित भए । नीता मुकेश अम्बानी कल्चरल सेन्टरको उद्घाटनमा भाग लिन बलिउडबाट तीनैजना खान अभिनेतादेखि हलिउडको स्पाइडरम्यान जोडी टम हल्याण्ड र जेन्डाया मुम्बई पुगे ।
उक्त चर्चित जमघटमा नेपालीमूलका हलिउड फेसन डिजाइनर प्रबल गुरुङदेखि नेपाली गायिका आनी छोइङ डोल्मा पनि पुगिन् । उक्त समारोहमा आनीले बलिउडका ए-लिस्टर कम्पोजर अजय-अतुलको कम्पोजमा एक बौद्ध दर्शनसम्बन्धी गीत प्रस्तुत गरेकी थिइन् । यही गीतको कम्पोजका लागि अजय-अतुल केही महिनाअघि हप्ता दिनसम्म काठमाडौंमा थिए । उक्त गीतको रेकर्ड बालाजुको एक स्टुडियोमा भएको हो ।
आनीको उक्त पर्फमेन्सलाई उपस्थित विश्वचर्चित कलाकारले चाखपूर्वक हेरे । समारोहमा भाग लिएर आनी शुक्रबार काठमाडौं फर्किएकी छिन् । अनलाइनखबरसँग जमघटको अनुभव सेयर गर्दै आनीले आफूले त्यहाँ उपस्थित सबै कलाकारसँग भेटघाट र कुराकानी गरेको बताइन् । खान कलाकारदेखि फिल्म निर्देशक राजकुमार हिरानी, निर्माता करण जोहरसहित हलिउड सुपरमोडल गिगी हदिददेखि स्पाइडरम्यान जोडलाई भेटेको उनले जानकारी दिइन् ।
‘हिरानीले मेरो पर्फमेन्सको प्रशंसा गर्नुभयो,’ उनले भनिन् ।
तस्वीर सौजन्य : आनी छोइङ डोल्मा
प्रतिक्रिया 4