
२६ चैत, काठमाडौं । आन्तरिक राजस्व विभागले आयकरको दोस्रो किस्ता वापतको रकम चैत मसान्त भित्र बुझाउन ताकेता गरेको छ ।
आयकर ऐन २०५८ अनुसार आयकरको किस्ता रकम दाखिला गर्नुपर्ने करदाताले करको विवरण र रकमको दोस्रो किस्ता चैत मसान्त भित्रै बुझाउनु पर्छ । यो मितिमा आर्थिक वर्ष (आव) २०७९/८० मा बुझाउनु पर्ने कुल ७० प्रतिशत आयकर बुझाइसकेको हुनुपर्छ ।
विभागले सोही प्रावधान स्मरण गराउँदै कर तथा विवरण बुझाउन भनेको हो । नेपालको कर संरचनामा मूल्य अभिवृद्धि करपछि आयकर महत्वपूर्ण हिस्सा बन्दै गएको छ । चालु आवमा भने सरकारले लक्ष्य अनुसार कुनै पनि कर उठाउन सकेको छैन ।
हेर्नुहोस् सूचनाः
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4