
२६ चैत, विराटनगर । प्रदेशको नामका विरुद्ध आन्दोलनरत पहिचान पक्षधरले पहिचानको आधारमा कोशी प्रदेशको नामांकन फेरि गर्न माग गर्दै प्रदेश सभामुखलाई ज्ञापनपत्र बुझाएको छ ।
प्रदेश १ पुनः नामकरण संघर्ष समितिले कोशी प्रदेशका सभामुख बाबुराम गौमतलाई ज्ञापनपत्र बुझाएको हो ।
गत फागुन १७ गते भूगोलका आधारमा प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधरहरु आन्दोलनमा छन् ।
पहिचान पक्षधरको आन्दोलनका क्रममा गत चैत ५ गते घाइते भएका पदम लिम्बूको मृत्यु भएको थियो । लिम्बूलाई सरकारले शहीद घोषणा गर्ने निर्णय गरिसकेको छ ।
आइतबार पहिचान पक्षधरले ज्ञापन पत्र बुझाउँदै माग सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
ज्ञापनपत्र बुझ्दै सभामुख गौतमले फेरि नामांकनको ढोका खुला नै रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4