
२७ चैत, काठमाडौं। प्रहरीले २५ वर्षदेखि फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काभ्रेको तेमाल गाउँपालिका-३ घर भई हाल स्वयम्भूको भगवानपाउ बस्ने ५९ वर्षीय प्रेम लामा भन्ने ओमबहादुर तामाङ रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई स्वयम्भूबाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय काभ्रे पठाइएको प्रहरीले जनाएको छ ।
उनी जिउ मास्ने बेच्ने मुद्दाको अनुसन्धाका सिलसिलामा फरार रहेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4