+

बलियो नेपाल कपको उपाधि स्टार क्रिकेट एकेडेमीलाई

२०७९ चैत  २७ गते १७:३४ २०७९ चैत २७ गते १७:३४
बलियो नेपाल कपको उपाधि स्टार क्रिकेट एकेडेमीलाई

२७ चैत, पोखरा । बलियो नेपाल कप अन्तर एकेडेमी यू-१९ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि स्टार क्रिकेट एकेडेमीले जितेको छ ।

पोखरा रंगशाला क्रिकेट मैदानमा भएको फाइनलमा कर्णाली एकेडेमीलाई ७ विकेटले हराउँदै स्टार क्रिकेट एकेडेमीले उपाधि जितेको हो ।

टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको कर्णालीले १९.१ ओभरमा आफ्नो सबै विकेट गुमाउँदै केवल ७२ रनको बनाउन सक्यो । कर्णालीका बिराट भण्डारीले २७ बलमा १५ रन बनाए ।

रोशनले व्यक्तिगत १० रन जोडे भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन।

स्टारका लागि सुमित पराजुलीले ४ ओभरमा १७ रन खर्चिदैँ ३ विकेट लिए ।

त्यस्तै शुभम खनालले २ तथा कप्तान अम मिश्र, निर्मल गुरुङ र महेश भरले समान १ विकेट लिए ।

७३ रनको लक्ष्य पक्ष्याउँदै जवाफी ब्याटिङ गरेको स्टार क्रिकेट एकेडेमीले उक्त लक्ष्य केबल ९.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो ।

स्टारका लागि ओपनर अनमोलले ३० बलमा २५ रन बनाए भने कप्तान अमर मिश्रले केबल ९ बलमा २२ रन बनाए । विशालले ८ रन र अंकितले अविजित १५ रन बनाए ।

बलिङतर्फ भने कर्णालीका सन्दिप ठकुरी, भरत क्षेत्री र आदित्य शाहले समान १-१ विकेट लिए ।

प्रतियोगिताको उत्कृष्ट बलर पोखरा क्रिकेट एकेडेमीका प्रदीप अर्याल, उत्कृष्ट ब्याटर विराट सिंह भण्डारी र प्लेयर अफ द सिरिज स्टार क्रिकेट एकेडेमीका कप्तान अमर मिश्र पुरस्कृत भए ।

प्रतियोगिताको विजेता टोलीले ५० हजार, तथा उपविजेता टोलीले २५ हजार रुपैयाँ तथा उत्कृष्ट ब्याटर र बलरले समान ७ हजार तथा सर्वोत्कृष्ट खेलाडीले १० हजार नगद पुरस्कार पाएका छन् ।

बलियो नेपाल न्युट्रिसन इनिसियटिभले गण्डकी प्रदेशका खेलाडीहरु सिनियर राष्ट्रिय टिमका करण केसी, तथा यू-१९ टिमका अर्जुन कुमाल र सुवास भण्डारीलाई नगद पुरस्कार सहित सम्मान गरेको छ ।

बलियो नेपाल कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय